कांग्रेसको १४ औं महाधिवेशनको रौनक सुरु भएको छ । यसैक्रममा मोरङमा प्रदेश सभा क्षेत्रीय निर्वाचनको मतपरिणाम धमाधम आउन सुरु गरेको छ । मोरङको ६ वटा निर्वाचन क्षेत्रको ८ केन्द्रको मत परिणाममा आज राति क्षेत्र नम्बर ६ को ‘ख’ र क्षेत्र नम्बर १ को ‘क’ को नतिजा बाहिर आएको हो ।
क्षेत्र नम्बर ६ को ‘ख’ बाट मधुबाबु तिवारी र क्षेत्र नम्बर १ को ‘क’ नरबहादुर मोक्तान विजयी भएका छन्। क्षेत्र नम्बर ६ को ख मा तिवारीले विकास पराजुलीलाई पराजित गर्दै जित हात पारेका हुन् । उनी डा. शेखर कोइराला पक्षधर रहेका छन् । जित पछि प्रतिक्रिया दिदै आफुलाई डा. शेखर कोईरालाको आशीर्वाद रहेकोले जितेको समेत भन्न पछि परेनन् ।
मोरङ कांग्रेसमा डा. कोइराला र पार्टी सभापति शेरबहादुर देउवापक्षधरबीच तिब्र प्रतिस्पर्धा रहेको छ । सो क्षेत्रमा उपसभापतिमा किरण नेपाल र लोकबहादुर कार्की, सचिवमा माधवराज राजभण्डारी र कैकशा कौशर गुड्डी, सहसचिवमा अञ्जु दाहाल र मञ्जील गौतम निर्वाचित भएका छन्।