सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन — OSNepal

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

LC (KTM) May 27, 2021 0

धनगढी, १३ जेठ – सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिनुभयो ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आउनुभएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुनुभएको थियो । पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लले ८ गते शपथ लिनुभएको थियो । मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर