स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना — OSNepal

स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना

Kesh Karki (USA) May 27, 2021 0

पोखरा । नेपाल प्रेस युनियनको ३० औं स्थापना दिवसमा नेपाल प्रेस युनियन कास्कीले शुभकामना व्यक्त गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, सूचनाको हकप्रति सदैव प्रतिवद्व रहदै आम श्रमजीवीको पेशागत अधिकार सुनिश्चितताका लागि युनियन कटिवद्व रहेको जनाउनु भएको छ ।

श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा स्थापनाकालदेखि नै युनियनले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै हालसम्म युनियनको विकास र विस्तारमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरिएको छ ।

कोराना महामारीका कारण सृजना भएको असहज अवस्थामा पनि जनतालाई सुुसुचित गर्ने अभियानमा उच्च मनोबलका साथ पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सम्मान गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यतिबेला पत्रकारको स्वास्थ्य सुरक्षाको सवाल अत्यन्त महत्वपूर्ण रहेको भन्दै सतर्कता अपनाएर कार्यक्षेत्रमा खट्न आग्रह गर्र्दै पत्रकारका समस्यामा युुनियन सदैव साथमा रहने उल्लेख गर्नुभएको छ ।

कोरोना संक्रमित पत्रकारको शिघ्र स्वास्थ्थ लाभको कामना गर्दै दिवंगत पत्रकारप्रति श्रद्वाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर