संसद विघटन विरुद्ध परेको १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीश जवराको बेञ्चमा — OSNepal

संसद विघटन विरुद्ध परेको १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीश जवराको बेञ्चमा

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । संसद विघटन विरुद्ध सर्वोच्चमा परेको १९ वटा रिटको सुनुवाई आज प्रधान्यायाधीश चोलेन्द्र शमेसेर जवराको बेञ्चमा परेको छ ।विघटन विरुद्ध सर्वोच्चमा ३० वटा रिट परेकोमा साधारण प्रकृतिका १९ रिटको आज सुनुवाई हुन लागेको हो । भोली शुक्रबार ११ रिटको सुनुवाई भने संवैधानिक इजलासमा हुने भएको छ ।

गत जेठ ७ गते मध्यराति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि यसको विरोधमा सर्वोच्चमा ३० वटा रिट परेको हो । विपक्षी दलको पक्षबाट प्रधानमन्त्रीको दावी गर्न कांग्रेसका सभापति ेशरबहादुर देउवालाई १४६ सासंदहरुले समर्थन गरेपनि राष्ट्रपतिले भने संसद विघटन गरेकी थिइन् ।

विपक्षी दलहरुले धारा ७६(५)अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने साथै संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर