OSNepal बिहिबार, मंसिर १६ २०७८

आज बस्ने फुलकोर्ट बैठकमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने

आज बस्ने फुलकोर्ट बैठकमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने

  • OSNepal
  • बिहिबार, मंसिर ९ २०७८


आज  बस्ने फुलकोर्ट बैठकमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय हुने
Reading Time: < 1 minute

काठमाडौं ९ मंसिर । सर्वोच्च अदालतमा आज बिहिबार फुलकोर्ट बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरासँग अशन्तुष्ट रहेका न्यायाधीशहरुको हिजो बुधबार बसेको बैठकले आज बिहिबार फुलकोर्ट बैठक बस्ने सहमति जुटाएको हो ।

आज बस्ने फुलकोर्ट बैठकमा मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गरिने पनि भएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो ।

हिजो बसेको बैठकले पनि मंसिर १५ गतेबाट उक्त नियमअनुसार गोला प्रथाबाट पेशी तोक्ने विषयमा समेत सहमति गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड