कञ्चनपुर ९ मंसिर । अवैध लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथ रहेका छन् ।
उनको साथबाट प्रहरीले १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामत गरेको छ ।
उनलाई बुधबार साँझ भिमदत्त नगरपालिका-७ हल्दुखालबाट उक्त लागु औषध सहित वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चेज जाँच गर्ने क्रममा पक्राय गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुशन्धान गरिहरहेको छ ।