सँसारकै यस्तो अनौठो कुण्ड जहाँ अगाडी गएर ताली बजाए माथि आउँछ पानी , जुन कुण्डमा मागेको पुरा हुने विश्वास छ — OSNepal

सँसारकै यस्तो अनौठो कुण्ड जहाँ अगाडी गएर ताली बजाए माथि आउँछ पानी , जुन कुण्डमा मागेको पुरा हुने विश्वास छ

LC (KTM) May 27, 2021 0

एजेन्सी । ताली बजाउँदा पानी तालबाट माथि उठेको देख्नु भएको छ ? यो रोचक प्रशंग हो भारतको झारखण्डस्थित बोकारो जिल्लाको यो एक कुण्डको । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ कि जब तपाइँ यो कुण्डको छेउँमा गएर ताली बजाउनुहुन्छ तब यसको पानी आफै माथि आउँछ ।

जसका कारण यो कुण्ड अहिले विश्व चर्चित बन्न सफल भएको छ । यो अनौठो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ ।जहाँ नुहाउनाले छालाको रोग हट्ने समेत विश्वास भारतीय मडियाहरुले छापेका छन् । यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन े अन्तराष्ट्रिय समाचार स्रोतहरुले उल्लेख गरेका छन् । निकै सफा रहेको यहाँको पानी गर्गा नदीमा मिसिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर