OSNepal बिहिबार, माघ १३ २०७८

प्रदेश सांसद बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

प्रदेश सांसद बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


प्रदेश सांसद बम कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
Reading Time: < 1 minute

दार्चुला, ११ मंसिर – सुदूरपश्चिम प्रदेशसभा सांसद नन्दाकुमारी बम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट महिला प्रत्यक्षतर्फ चार सिटका लागि पाँचजनाकाे प्रतिस्पर्धा भएकाेमा बमले ४ सय ९० मत मात्र ल्याएर पराजित भएकी हुन् ।

महाधिवेशन प्रतिनिधिमा शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल र शान्तिदेवी बमले समान ६८७/६८७ मत ल्याएर विजयी भएका छन् । दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाले मनोनयन दर्ता गराएका थिए । महाधिवेशन प्रतिनिधिमा २५ जना चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड