प्रदेश १ मा आज ८६५ संक्रमित , बिराटनगरमा मात्रै २९१ जनामा संक्रमण देखियो — OSNepal

प्रदेश १ मा आज ८६५ संक्रमित , बिराटनगरमा मात्रै २९१ जनामा संक्रमण देखियो

LC (KTM) May 27, 2021 0

प्रदेश १ मा आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, ते¥हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुष सहित २९१, सुन्दरहरैचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीयतह नखुलेका २–२, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीयतहनखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३, भोक्राहा १ जनामा संक्रमण देखिएको छ ।

झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीयतह नखुलेका २–२ र चैनपुरमा १, ते¥हथुमको म्याङलुङमा ३०, आठराई र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १–१ र स्थानीयतह नखुलेका ३, पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १–१, स्थानीयतह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ९, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीयतह नखुलेका १–१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीयतह नखुलेका १–१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ हजार ९२८ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । आज ५२९ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या २० हजार ३५१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २१५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३७७ महिला र ४८८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर