बर्दियामा गोठालो गएका कालुरामको बाघले लियो ज्यान — OSNepal

बर्दियामा गोठालो गएका कालुरामको बाघले लियो ज्यान

LC (KTM) November 29, 2021 0

बर्दिया-बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजीपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो ।आइतबार साँझ घर नजिकै मध्यवर्ती वनक्षेत्रमा गोठालो गएको बेला पाटेबाघले आक्रमण गरेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । बाघको आक्रमणबाट बर्दियामा गत आर्थिक वर्षदेखि अहिलेसम्म १५ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

ए डिभिजन लिग फुटबल : सुमनको गोलमा पुलिस विजयी-विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि सुमन लामाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७०औँ मिनेटमा रवि पासवानको पासमा उत्कृष्ट गोल गर्नुभयो । लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे न्युरोड टिम (एनआटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा दोस्रो खेलमा दिउँसो पौने पाँच बजे मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर