चितवन, मंसिर १४ । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।
अध्यक्षमा केपी शर्मा ओलीले १९०० मत ल्याएर बिजयी हुँदा ओलीका प्रतिस्पर्धी भीम रावलले १९६ मत ल्याएका छन् ।
त्यस्तै पदाधिकारीमध्ये उपाध्यक्षमा यो समाचार तयार पार्दासम्म अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरमा छन्।
त्यस्तै दोस्रो नम्बरमा सुवास नेम्बाङ रहेका छन् ।
ओलीको सर्वसम्मत सूचीविरूद्ध उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसालको परिणाम खराब रहेको सेतले जनाएको छ ।