अल्जाइमरको खतरालाई कम गर्छ आलुबखडाले, यस्ता छन अन्य फाइदाहरु — OSNepal

अल्जाइमरको खतरालाई कम गर्छ आलुबखडाले, यस्ता छन अन्य फाइदाहरु

LC (KTM) December 01, 2021 0

काठमाडौ- आलुबखडा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । आलुबखडा गुणको खजाना हो । यो गाउघरमा रुखमा फल्ने एउता फल हो । यसको स्वाद अलिकति गुलियो र अलिकति अमिलो हुने गर्दछ । आलुबखडा स्वाद निकै मिठो हुन्छ ।

यसबाट विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन् । यसको सेवनले आन्तरिक मात्र नभई छाला पनि स्वस्थ हुन्छ । आलुबखडा खाँदा तौल नियन्त्रणमा रहन्छ । सय ग्राम आलुबखडामा लगभग ४६ क्यालोरी हुन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

आँखाका लागि पनि निकै फाइदाजनक छ आलुबखडाको सेवन । यसमा भएको भिटामिनले आँखा र छालालाई निकै फाइदा पुर्याउँछ । उच्च रक्तचाप र मुटु रोगको सम्भावना पनि कम हुन्छ । यसका साथै यसले अल्जाइमरको खतरालाई पनि कम गर्छ ।यसले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ ।साथै यसले गर्मीमा छालालाई पनि स्वस्थ राख्न सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर