ओलीलाई अधिनायकबादी देख्ने कांग्रेस आफै अधिनायकबादी शैलीमा बढ्यो -नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापतिका उम्मेद्धार केसी — OSNepal

ओलीलाई अधिनायकबादी देख्ने कांग्रेस आफै अधिनायकबादी शैलीमा बढ्यो -नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापतिका उम्मेद्धार केसी

LC (KTM) December 02, 2021 0

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापतिका उम्मेद्धारले केपी ओलीलाई सर्वसत्ताबादी , निरंकुश ,अधिनायकबादी भन्ने कांग्रेस आफै अधिनायकबाद तिर गएको भन्दै असन्तुष्टि जनाएका छन् । सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीले प्रदेश अधिवेशनको उद्घाटन सत्रमा चुनावी प्रचार प्रसारको सामग्री प्रयोग गरिएकोप्रति असन्तुष्टि जनाउँदै यस्तो कुरा बताएका हुन् ।

उनले हेटौंडामा बिहीबार पत्रकार सम्मेलन गर्दै भने हामीले केपी ओलीलाई सर्वसत्तावादी भन्यौ, निरंकुश भन्यौ, त्यस्तै आजको उदघाटन सत्रमा देख्यौ । प्रदेश अधिवेशन स्थलमा आचारसंहिता विपरित कार्य भएको भन्दै उनले पत्रकार सम्मेलन नै गरेर असन्तुष्टि जनाए ।

उनले अधिबेशन स्थल भित्र एकतर्फी रुपमा गीत बजाइएको ,पानीका बोतल, स्वयंसेवकको रुपमा खटिएका व्यक्तिले लगाएका पर्चा पम्प्लेट जस्ता सामग्री प्रयोग गरि चुनावी प्रचार प्रसारका सामग्री गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए । लोकतान्त्रिक पार्टी भएर सबैलाई समान र न्याय संग ब्यवहार गर्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर