४० वर्षीया बर्खा खड्काको अमेरिकामा निधन, अमेरिका पुगेको २ महिना नबित्दै बाकसमा फर्किइन् — OSNepal

४० वर्षीया बर्खा खड्काको अमेरिकामा निधन, अमेरिका पुगेको २ महिना नबित्दै बाकसमा फर्किइन्

LC (KTM) December 03, 2021 0

काठमाडौँ । नि २ महिनाअगाडि अमेरिका पुगेकी झापाको बुद्धशान्ति गाउँपालिकाकी बर्खा खड्काको निधन भएको छ । नोभेम्बर महिनाको तेस्रो साता उनलाई अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीले ठक्कर दिँदा उपचारका क्रममा निधन भएको थियो ।

गाडीको ठक्करबाट गम्भिर रुपमा घाइते भएकी ४० वर्षीया प्रसाईलाई तत्काल अस्पताल लगेपनि उनलाई अस्पतालले मृत घोषणा गरेको अमेरिकाबाट प्रकाशित नेपाली समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा रेलबाट झरेर बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको थियो । बर्खा इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत थिइन् । उनी यसअघि अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर