रुसमा एकै दिन ३२ हजार ९७४ कोरोना सङ्क्रमित थपिए — OSNepal

रुसमा एकै दिन ३२ हजार ९७४ कोरोना सङ्क्रमित थपिए

LC (KTM) December 04, 2021 0

मस्को [रुस] १८ मङ्सिर, – रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ।बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन् जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने वृद्धि दर ०.३४% रहेको छ।

सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो। त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ । त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्ता गरेको छ।प्रतिक्रिया केन्द्रले कोभिड-१९ सँग सम्बन्धित सङ्क्रमणबाट १,२१५ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै देशमा सङ्क्रमणबाट मृत्यु हुने कुल मृतकको सङ्ख्या २,८०,०७२ पुगेको छ।(रासस-एएनआई/स्पुतनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर