नेपालको पर्यटकीय क्षेत्रको अवलोकन गरेर बङ्गलादेशको टोली फिर्ता — OSNepal

नेपालको पर्यटकीय क्षेत्रको अवलोकन गरेर बङ्गलादेशको टोली फिर्ता

LC (KTM) December 06, 2021 0

काठमाडौँ, १९ मङ्सिर -नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा नेपाल आएको टोली नेपालका पर्यटकीय क्षेत्रको अवलोकन र व्यापारिक स्थितिको अध्ययन गरेर आज स्वदेश फर्किएको छ । दस सदस्यीय सो टोलीले पोखरा, चन्द्रागिरिलगायत स्थानको भ्रमण गरेको थियो ।

भ्रमणमा आएको बङ्गलादेश मैत्री सङ्घका वरिष्ठ सल्लाहकार इन्जिनियर चोवाङ्ग्री नेशरुलले नेपालको प्राकृतिक सौन्दर्य, इमान्दार र कर्मठ नेपालीबाट आफूहरुले प्रेरणा लिएको बताउनुभयो । नेपाल–बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दिनदया रिजालले आगामी दिनमा दुई देशबीच पर्यटन, संस्कृति र व्यापारका क्षेत्रमा सरकार र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता भ्रमण फलदायी हुने बताउनुभयो । टोलीको उपस्थितिमा पर्यटन र संस्कृतिका विषयमा अन्तक्र्रिया र सम्मानसमेत गरिएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर