भक्तपुर, २० मंसिर -भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन् । व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेकाे छ ।एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति तथा सदस्यमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ चयन भएका छन् ।
भक्तपुरका अटोमोबाइल्स व्यवसायीको हकहित, सामाजिक काम र सिपमूलक तालिम आयाेजना गर्न एसाेसिएसन गठन गरिएकाे उनले बताए ।एसोसिएसनमा अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोबाइल्स पार्ट तथा लुव्रिकेन्टस् बिक्रीवितरण, मर्मत तथा वर्कसप (अटोमोबाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायी आवद्ध हुन सक्ने जानकारी दिइएकाे छ ।