सेनाको उड्डयन हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु — OSNepal

सेनाको उड्डयन हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

LC (KTM) December 06, 2021 0

घाँचे [पीओके], २० मङ्सिर,-पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।

दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन।जीबी “मुख्यमन्त्री” खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत् घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
घटनाको थप विवरण आउँन बाँकी छ। (रासस-एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर