संसारकै लामा नङ पालेर चर्चा कमाएका यि ब्यक्तिको लामा नङकै कारण विबाह भएन — OSNepal

संसारकै लामा नङ पालेर चर्चा कमाएका यि ब्यक्तिको लामा नङकै कारण विबाह भएन

LC (KTM) May 28, 2021 0

काठमाडौँ । मानिसको आ आफ्नो शोख हुन्छ । शोख अनुसार मानिसले आफ्ना इच्छाहरु पूरा गर्दै जान्छन् । जसमध्ये कसैको कपाल पाल्ने इचछा हुन्छ त कसेको नङ । जसमध्येका एक हुन् भारतका श्रीधर चिलानले
। उनले १९५२ देखि हातका नङ काटेका छैनन् ।

अहिले उनको नङ दुई मीटर लामो भएपछि उनले सबैभन्दा लामो नङ हुनेमा उनले विश्व रेकर्ड पनि राखिसकेका छन् । उनले आफ्ना नङहरुलाई एक संग्रहालयमा दिने सोच बनाएका छन् । लामो नङ भएकै कारण हाल चर्चामा रहेका श्रीधर चिलानले आफ्ना लामा नङ भएका कारण कहिले जागिथरबाट निकालिनुपर्यो त कतिपय स्थानमा उनी जान नै सम्भव भएन ।

अरु त अरु उनले विवाह गर्नलाई समेत अप्ठ्यारो पर्यो । १०÷१२ जना युवतीहरु त उनको नङकै कारण विवाह गर्न नमानेपछि उनी डिप्रेसनमा समेत पुगेको बताउँछन् । भन्छन् यदि कोही विवाह गर्न तयार भएमा उनीहरुका माता–पिताले अस्वीकार गर्थे । आफ्नो छोरीलाई लामा नङले चि थारेर मा र्छ भन्ने डरले नै छोरी दिन तयार नहुने गरेको तथ्य उनी अहिले पनि सम्झिन्छन् ।

खासमा उनलाई एक शिक्षकले नङ नकाटेको भनेर कु टेपछि अब कहिल्यै नकाट्ने वाचा गरेदेखि अहिलेसम्म उनले नकाटेका हुन् । तर अहिले उनलाई संसारले चिनेको छ । अहिले उनलाई नाम, दाम केसैको पनि अभाव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर