नजाने भए पुर्व प्रेमिका कैटरिनाको बिहेको सलमान खान — OSNepal

नजाने भए पुर्व प्रेमिका कैटरिनाको बिहेको सलमान खान

LC (KTM) December 08, 2021 0

बलिउडमा यतिबेला एकदमै खुशीको माहोल देख्न सकिन्छ । बिक्की कौशल तथा कट्रीना कैफका् ग्राण्ड वेडिंग हुन गईरहेको छ । बिबाहको लागि ६ डिसेम्बरमा बिक्की कौशल तथा कट्रीना कैफ राजस्थान गईसकेका छन् । बिबाहको तयारी जोड तोडका साथ चलिरहेको छ । बिबाहमा बलिउडका कैयौ सेलिब्रेटीहरु सहभागि हुने चर्चा रहेको छ ।

तर कट्रीनाको मिल्ने साथी नै उनको बिबाहमा सहभागी हुन नपाउने भएका छन् । बिशेष सुत्रका अनुसार कट्रीनाको बिबाहमा उनका एक्स ब्वाइफ्रेण्ड तथा मिल्ने साथी सलमान खान सहभागि हुन नपाउने भएका हुन् । हालै अभिनेत्री जैलिन फर्नाण्डीजलाई एयरपोर्ट बाटै रोकिएको छ । उनी दबंग टुरमा सहभागि हुन सउदी अरबको रियाद जान लागेकी थिईन् । अब जैकलिन जान नसके पछि सलमान खान पनि यो इभेन्टलाई प्रस्तुती दिन जानेछन् ।

सलमानको साथमा उनको बडिगार्ड शेरा पनि साथै जानेछन् । कट्रीनाको बिबाहमा सलमान खान सहभागी हुन नपाउने भएका हुन् । सलमान खान पहिला बाटै आफ्नो अपकमिंग मुभी टाइगर ३ को शुटिंगमा ब्यस्त रहने छन् । शुटिंग बाट छोटो ब्रेक लिएर उनी रियादमा प्रस्तुती दिन जान लागेका हुन् । रियादको इभेन्ट १० डिसेम्बर बाट सुरु हुदैछ । उनी कट्रीनाको बिबाहमा सहभागी नभए पनि उनको खास साथीलाई सहयोग भने गर्ने भएका छन् । यो दम्पत्तिको बिबाहको सेक्युरीटीको जिम्मा सलमानको बडीगार्ड शेराको कम्पनिले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर