कञ्चनपुरको खाँडसारी उद्योगमा गुड बनाउन उखुको रस उमाल्दै मजदुर — OSNepal

कञ्चनपुरको खाँडसारी उद्योगमा गुड बनाउन उखुको रस उमाल्दै मजदुर

LC (KTM) December 08, 2021 0

बेलौरी नगरपालिकाको रामनगरस्थित खाँडसारी उद्योगमा गुड बनाउन उखुको रस उमाल्दै मजदुर ।

न्यायिक निकायमा पहुँच नपुग्दा घरेलु हिंसा बढ्दै-न्यायिक निकायमा महिलाको पहुँच पुग्न नसक्दा घरेलु हिंसाका घटना कञ्चनपुरमा बढ्दै जान थालेका छन । अधिकांस हिंसाका घटना न्यायिक निकायसम्म पुग्न नपाउदै मिलापत्रमै टुङग््याइदा महिला न्याय पाउनबाट वञ्चित हुने गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज आयोजित कार्यक्रमा बोल्दै महिला अधिकारकर्मी मधु बोहराले महिलामाथि सामाजिक सञ्जालदेखि भूगोल, क्षेत्र लिङ्ग र जातका आधारमा हिंसा हुने गरेको बताउनुभयो ।

“सामाजिक संस्था, समुह लगायत संगठीत रुपमा रहेका महिलाहरुले महिला हिंसा रोकथामका लागि प्रयास गरे हिंसा न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “नारा र कार्यक्रममा मात्रै महिला हिंसाका कुरा बढी हुन्छन् । व्यवहारमा लागू नहँुदा हिंसाले प्रश्रय पाउदै आएको छ ।” हिंसा गर्नेलाई न्यायिक निकायमा पु¥याएर दण्डित नगरिँदासम्म रोक्न नसकिने उहाँले बताउनुभयो ।

शुक्लाफाँटा नगर सेफ हाउसका सञ्चालक समितिका सचिवसमेत रहेका बोहराले सेफ हाउसमा आएका ८२ वटा घरेलु हिंसाका विवादमा महिलालाई न्याय हुने गरी टुङग्याइएको बताउनुभयो । “तीन वटा विवाद नटुङ्गिदा अदालतमा मुद्दा दायर गरी न्यायको पखाईमा रहेका छौं”, उहाँले भन्नुभयो, “छोरीहरुलाई प्रलोभनमा पारेर विवाह गर्ने र विवाह गरिसकेपछि अलपत्र छाडने हिंसा गर्ने कार्य हुने गरेका छन् । त्यस्तो कार्यमा संलग्नलाई दण्डित गर्न अदालतसम्म पुगेका छौं ।”

हिंसामा परेका महिलाका लागि निःशुल्क कानुनी परामर्शसँगै मुद्दा लडने व्यवस्था मिलाइँदै आएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले आर्थिक अवस्था कमजोर भएका र पुरातन सोचका कारण महिला बढीपीडित भएको पाइएको बताउनुभयो ।

“प्रहरीमा ९० प्रतिशत महिला आफन्त, नजिकैका नातेदार र चिनेजानेका व्यक्तिबाट हिंसाको उजूरी ल्याएर पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो, “आफन्तको दबाबमै अधिकांश मुद्दामा मिलापत्र हुने गर्दछ । दुईदेखि तीन प्रतिशत मुद्दा मात्रै अदालतसम्म पुग्दछन् । अदालत पुगेका मुद्दामासमेत पीडित महिलाले बयान फेर्ने गरेका कारण मुद्दा कमजोर भई पीडककै पक्षमा निर्णय हुने गर्दछन् ।”

घरेलु हिंसालाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उहाँले हिंसाका कारण सामाज उच्च जोखिमा रहेको बताउनुभयो । उहाँका अनुसार प्रहरीमा आउने धेरै जसो उजुरी शारीरिक र यौनजन्य हिंसा हुने गरेका छन् । शिक्षा, रोजगार, रीतिरिवाज र शिक्षाको कमीका कारण महिलाले हिंसा सहनु परेको उहाँको भनाइ छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेपाल महिला सङ्घका नगर सभापति भुमा चन्दले घरेलु हिंसाका पीडित घरघरमा रहेको उल्लेख गर्दै समाजमा बदनाम हुने डरले अधिकांश महिलाले हिंसाका घटना लुकाएर राख्ने गरेको बताउनुभयो ।

“घटना लुकाएर राख्दा पीडकको मनोवल उच्च हुने गर्दछ” उहाँले भन्नुभयो, “त्यसपछि झन हिंसाले विकराल रुप लिन्छ । घरमै बस्न नसकिने अवस्था आएपछि मात्रै हिंसापीडित महिलाले प्रहरी र अन्य निकायलाई गुहार्ने गर्दछन् ।” विजय एकता महिला सहकारी संस्थाका व्यवस्थापक बिस्ना पन्तले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरी महिलामाथि हिंसा हुने गरेको बताउनुभयो ।

“स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हकअधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता कारणले हिंसा हुन्छ”, उहाँले भन्नुभयो, “कुटपिट, जबरर्जस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरी हिंसा हुने गरेका छन् ।”

सामाजिक सञ्जालबाटसमेत हिंसा हुने गरेको अधिकारकर्मी महिला बताउनुहुन्छ । महिलालाई बदनाम गर्नका लागि सामाजिक सञ्जालमा अश्लिल फोटो राख्ने, लेखेर चरित्र हत्या गर्ने, यौन चित्र पठाउने, यौनजन्य कुराकानी शब्दको प्रयोग गरी महिलामाथि हिंसा निम्त्याउने गरिँदै आएको अधिकारकर्मी महिलाको भनाइ छ ।

यौनिक हिंसाको धेरैजसो घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको पाइन्छ । नगरपालिकाका महिला विकास शाखाका प्रमुख कमला जोशी परिवारबाटै छोरा र छोरीलाई दुई आँखा जस्तै समान व्यवहार गरे हिंसा कम गर्न सकिने बताउनुहुन्छ । “छोरा नहँुदासम्म छोरी सुरक्षित छैनन्”, उहाँले भन्नुभयो । संविधानमै महिलालाई अंश र बंशको अधिकार दिइएको कुरामा जोड दिँदै उहाँले जबसम्म कानूनलाई व्यवहारमा उतार्न सकिदैन तवसम्म महिलामाथि हिंसा भइनै रहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर