महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्छः मन्त्री झाँक्री — OSNepal

महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्छः मन्त्री झाँक्री

LC (KTM) December 09, 2021 0

काठमाडौं, २३ मंसिर-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्ने बताएकी छन् । महिला सुरक्षा दबाब समुहले आयोजना गरेको १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताइन् ।

समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भएपनि वास्तवमै लैगिंक विभेद भने हट्न नसकेको उनकाे भनाइ छ । विगतको महिला आन्दोलनलाई पनि जोड्दै आजको उपलब्धी हिजोको आन्दोलन भएको बताउँदै उनले अबको आन्दोलन जगाउने जिम्मा भावी पुस्ताको भएको बताइन् । साथै मन्त्री झाँक्रीले समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राज्य र हरेक घर नै सचेत हुनुपर्नेमा पनि जोड दिइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले महिलामाथि हुने गरेका चरम यातना तथा हिंसाका घटनाहरूलाई निराकरण गर्न सबैलाई आह्वान गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर