म्यानमारका महिला बन्दीमाथि हद पार गरेर यस्तो ज्यादती गर्छन् सेनाले — OSNepal

म्यानमारका महिला बन्दीमाथि हद पार गरेर यस्तो ज्यादती गर्छन् सेनाले

LC (KTM) December 10, 2021 0

एजेन्सी – म्यानमारमा महिला बन्दीलाई यातना र यौ-न दु-र्व्यव-हार हुने गरेको विवरण सार्वजनिक भएका छन् । गत जनवरीमा सेनाको कुपछि प्रदर्शनमा उत्रिएको आरोपमा पक्राउ परेका दर्जनौ महिलाहरुलाई सेनाले यौन दुर्व्यवहार गरेको विवरण सार्वजनिक भएको हो । सेनाको कुपछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यानमारका महिलाहरु मुख्य भूमिकामा थिए । सेनाको कूपछि कारागारमा रहेका महिलाहरुलाई बलात्कार गरेको मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ ।

सेनाको कुपछि २ हजार महिलासहित १० हजार २ सय महिला पक्राउ परेका छन् । आफूमाथि कारागारभित्र सेनाले जवरजस्ती यौन दुर्व्यवहार गरेको सोइ मे नाम गरेकी एक वन्दीले गुनासाे गरेकी छिन् । ‘मलाई सेनाले आँखामा पट्टी बाँधेर निवस्त्र पारेर बलत्कार गरे,’ उनको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ । सुरक्षाकर्मीले जेलभित्र आउने सबैको बलत्कारपछि हत्या गरेको भन्दै उनलाई पनि त्यसका लागि तयार हुने चेतावनी दिएको बताइएको छ ।

बन्दी महिलालाई गुप्तांगलगायत संवेदनशिल स्थानमा समाएर सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताएकी छिन् । सुरक्षाकर्मीले बन्दी महिलासँग यौन प्रस्ताव गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको उनले बताएकी छिन् ।

सोइ पिइ थारस्थित सोधपुछ केन्द्रमा साक्षी रहेकी एक अधिकारबादी महिलाका अनुसार कथित छानविनका लागि तोकिएको कोठाबाट बाहिर निस्किएका महिलाहरुका कपडा च्यातिएका र भित्रीवस्त्र देखिएको बताएकी छिन् । सेनाले बलात्कारपछि महिलाले लुगा लगाउँदै बाहिर निस्किएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर