बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको सेनाद्वारा ३ थान भरुवा बन्दुक सहित ४ जना पक्राउ — OSNepal

बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको सेनाद्वारा ३ थान भरुवा बन्दुक सहित ४ जना पक्राउ

LC (KTM) December 10, 2021 0

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेनाको टोलिले ३ थान भरुवा बन्दुक सहित ४ जनालाई पक्राउ गरेको छ ।बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलिले चिउरीबासँ वन क्षेत्रमा अबैध रुपले हातहतियार सहित वन्यजन्तुको चोरीशिकार गर्न प्रवेश गरेको सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा सुर्खेत जिल्ला भेरी गंगा नगरपालिका वडा नं.-५ बस्ने २७ बर्षिय लक्ष्मण गिरी, ६२ बर्षिय भद्र वलि, ६५ बर्षिय ठग बहादुर थापा र २२ बर्षिय ललित घर्ती पक्राउ परेको निकुञ्जले जनाएको छ ।

उनिहरुको साथबाट ३ थान भरुवा बन्दुक, ४१ थान गोलि, एक सय ग्राम छर्‍रा, तिन सय ग्राम बारुद, १५ वटा केप, ४ वटा हसियाँ, साईकलमा प्रयोग हुने ३७ थान छर्‍रा, एक थान रेती र पाँच वटा सलाई बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।उनिहरुबारे थप अनुसंधान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाईएको निकुञ्जले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर