कपालको चाया कसरी हटाउने ? यस्ता छन् घरेलु उपाए — OSNepal

कपालको चाया कसरी हटाउने ? यस्ता छन् घरेलु उपाए

LC (KTM) December 10, 2021 0

काठमाडौं । अधिकांश मानिसलाई कपालमा पर्ने चायाले सताउने गरेको छ । अक्सर शहरमा बस्ने मानिसहरुलाई चायाले सताउने गरेको छ ।

विशेषगरी धुलो धुँवा, प्रदूषित पानी, गुणस्तरीयहिन साबुन र स्याम्पुका कारण चाया पर्ने गर्छ । तर, यसबाट छुटकरा लिन केही तरिका उपयोगी हुन सक्छ ।

यी हुन् घरेलु तरिका

– तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरेको आधा घण्टा पछि तातो पानीमा तौलिया भिजाएर राम्रोसँग निचोर्ने अनि कपालमा बेर्ने । यसो गर्दा कपालको रोमछिन्द्र खुल्छ । यसो गरेको १५ मिनेट पछि कपाल नुहाउने ।

– नरिवलको तेलमा कपुर मिलाएर कपालको जरा सम्म पुग्ने गरी मसाज गर्ने ।
– कागतीको रसमा मरिच मिसाउने र कपालको जरासम्म पुग्ने गरी लगाउने ।
– अमिलो दहीमा बेसन मिसाएर कपालमा लगाउने अनि एक घण्टा पछि कपाल पखाल्ने ।
– चुकन्दरको पातलाई पानीमा उमाल्ने । उमालेको पानीले कपाल नुहाउने ।
– ग्लिसिरिङ र गुलाब जल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेरपछि कपाल धुने ।
– अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाएको आधा घण्टापछि टाउको धुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर