प्रजनन् क्षमता बढाउने चना नियमित खानुका यी छन् अनेक फाइदा — OSNepal

प्रजनन् क्षमता बढाउने चना नियमित खानुका यी छन् अनेक फाइदा

LC (KTM) December 12, 2021 0

काठमाडौं । चना स्वास्थ्यका लागि फाइदाजनक अन्न हो । यसबारे समाजमा एउटा भनाइ छ, ‘कि त छोराले खान्छ, कि त घोडाले खान्छ ।’ सर्वगुणकारी चनाको फाइदाहरु धेरै भएर नै यो भनाइ स्थापित भएको हो । मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् ।

१. ताकत र ऊर्जा– भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ । २. कब्जियतबाट राहत– भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ ।

३. बढ्नेछ शुक्राणु– बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ । ४. बढ्नेछ प्रजनन क्षमता– दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ ।

५. पिसाबको समस्या– भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ । पाइल्सबाट पनि राहत मिल्छ । ६. स्वस्थ छाला– नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर