निषेधाज्ञामा स्वयम्भूका बाँदरलाई कुहिएको फलफूल खुँवाउदै — OSNepal

निषेधाज्ञामा स्वयम्भूका बाँदरलाई कुहिएको फलफूल खुँवाउदै

LC (KTM) May 29, 2021 0

स्वयम्भूका बाँदरहरु केरा खाँदै, बाँदरलाई कुहिएको फलपूmल खुवाउँदा दुर्गन्ध फैलिएको बताउछन सुरक्षाकर्मीहरु । तस्वीर ः प्रदीपराज वन्त, रासस
गणतन्त्र दिवस शुभकामना:- कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा सम्पूर्ण राजनीतिक दलहरू र आमजनता एकजुट भएर आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सफल हुने अपेक्षा गरेको छु ।”

उहाँले महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा अग्रपङक्तिमा खटिएर काम गर्नेहरुप्रति उच्च सम्मान गर्दै सङ्क्रममणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा आह्वान गर्नुभएको छ । साथै यस अवसरमा गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य र शान्तिको शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर