अवैध रूपमा ल्याइएको २२ किलो सुन विमानस्थलबाट बरामद गरियो — OSNepal

अवैध रूपमा ल्याइएको २२ किलो सुन विमानस्थलबाट बरामद गरियो

LC (KTM) December 13, 2021 0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ किलो सुन बरामद भएको छ । सो विमानस्थलबाट बितेको एक वर्षमा अवैध रूपमा ल्याइएको २२ किलोभन्दा बढी सुन बरामद भएको हो । विभिन्न मुलुकबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अवैध रूपमा ल्याइएको उक्त परिमाणको सुन बरामद गर्न नेपाल प्रहरी सफल भएको छ ।

२०७७ मंसिर २२ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शून्य सहनशीलतालाई प्राथमिकता दिनुभएको थियो ।

विमानस्थलको सुरक्षाको जिम्मेवारी लिएपछि एसएसपी बास्तोलाले एउटा टिम नै बनाएर अवैध गतिविधिमाथि निगरानी गर्न एउटा टिम नै बनाएर खटाउनुभएको थियो । जवानदेखि अधिकृतसम्मलाई अवैध गतिविधिमा संलग्न रहेको पाइए ठाउँकाठाउँ कारबाही गर्ने चेतावनी दिँदादिँदै पनि अवैध गतिविधिमा संलग्न रहेका ३ जना प्रहरी कर्मचारी कारबाहीको दायरामा परेका थिए ।नेपाल समचारपत्रमा खबर छ ।

एसएसपी बास्तोलाले भन्नुभयो– ‘यहाँ आएपछि केही परिवर्तन गरौं भन्ने भावना बोकेर आएको थिए । लक्ष्यअनुरूपको काम भने गर्न सकेकोमा खुसी छु ।’ बितेको एक वर्षमा महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरीको एकल प्रयासबाट १३ किलो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको संयुक्त प्रयासबाट १० किलोभन्दा बढी सुन बरामद गरेको पनि एसएसपी बास्तोलाले जानकारी दिनुभयो । प्रहरीले अवैध रूपमा सुन नेपाल ल्याउने स्वदेशी तथा विदेशी गरी ६३ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको सो कार्यालयले जनाएको छ ।

विमानस्थलको प्रयोग गरेर स्रोत नखुलेको नेपाली रुपियाँ ४४ लाख ३ हजार ४ सय, ६५ हजार ४ सय ७५ अमेरिकी डलर, युरो २ हजार, साउदी रियाल ५० हजार, दुबई दिराम ३ सय ८० सहित १२ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

विमानस्थलमा कार्यरत ५० भन्दा बढी निकायसँग समन्वय गरेर काम गर्नुपर्ने अवस्थालाई समेत सहज ढंगले कार्यव्यवस्थापन गर्नुभएका एसएसपी बास्तोलाले सोही अवधिमा अवैध रूपमा नेपाल ल्याइएको ३ सय ५० थान ड्रोन, ८८ थान मोबाइल, ९ थान ल्यापटप, विभिन्न ब्रान्डका ३ थान घडी, बरामद गरेको पनि सो कार्यालयले जनाएको छ ।
विमानस्थलको प्रयोग गरेर झापा जान लागेका झापाका बद्री हाङ राईलाई ५० राउन्ड गोली बरामद गरेको सो कार्यालयले ३ केजी चरेश, ३ सय ८३ थान तयारी कपडालगायतका सामान बरामद गरेर कारबाहीका लागि विभिन्न निकायमा पठाएको थियो ।

नेपालको विमानस्थललाई विदेशी तस्करहरुले सजिलो विमानस्थलका रूपमा परिभाषित गरी मुलुकलाई नै बदनाम गराउन खोजिएको विषयलाई समेत एसएसपी बास्तोलाले प्रतिष्ठाको विषय बनाउनुभएको थियो । उहाँले आफ्ना मातहतका निकायलाई समेत मुलुकको मतदाम हुने काममा संलग्न रहने जोसुकैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएपछि अपराध गर्नेहरु कारबाहीको दायरामा आएको उहाँ बताउनुहुन्छ ।

कोरोना कारण विदेशबाट नेपाल आउने नेपाली र नेपालमा रहेका विदेशीहरु विमानस्थालको प्रयोग गरेर बाहिरिने अवस्था जटिल थियो तर पनि सबै निकायसँगको समन्वय गरेर काम गर्दा सोचेजस्तो असहज अवस्था आउन नपाएको एसएसपी बास्तोलले आफ्नो अनुभव सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर