मरिच किन खाने ? सुकेको मरिचको लुकेको महत्व जान्नुस् ! — OSNepal

मरिच किन खाने ? सुकेको मरिचको लुकेको महत्व जान्नुस् !

LC (KTM) December 14, 2021 0

काठमाडौ -मरिच स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै महत्वपुर्ण मानिन्छ यसको सेवन प्राय मानिसहरुले गरेका हुन्छन पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने खाद्य पदार्थ हो मरिच ।

मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छ। सानो र चाउरिएका दाना भएपनि यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । यसको उपयोग मुख्यतया निम्नानुसार गरिन्छ।मरिच उत्तेजना, सुगन्ध र स्फूर्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वासप्रवासमा समस्या हुदा यसको प्रयोग गर्न सकिन्छ ।

भिटामिन के, क्याल्सियम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा किराको आक्रमणबाट छुटकारा मिल्छ । छालाको लागि समेत लाभकारी मरिचले रोग एवं संक्रमणबाट बचाउछ ।गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ ।पायल्सका रोगीका लागि मरिच प्रभावकारी औषधी हो ।

जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी हुन्छ । तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अपचको समस्या टाढै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर