हुम्लामा सिजनल फ्लुका बिरामी बढे — OSNepal

हुम्लामा सिजनल फ्लुका बिरामी बढे

LC (KTM) December 14, 2021 0

सिमकोट, २८ मंसिर -हिमाली जिल्ला हुम्लामा चिसो बडेसँगै जिल्ला अस्पताल हुम्लामा दैनिक सिजनल फ्लुका बिरामीको संख्यमा वृद्धि भएको छ ।हिउँद सुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या बढेको छ । गत मंसिर महिनाको अन्तिम सातामा परेको हिमपातले बिरामीको संख्या झन् बढ्न थालेको हो ।

दैनिक दिन जिल्लाको एम मात्र अस्पताल हुम्लामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, दमलगायतका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पतालका डाक्टर कैलाश लामाले बताए ।

जिल्ला अस्पतालको ओपिडी कक्षामा सामान्यदेखि जटिल खाले ५० देखी ६० जनासम्म बिरामी दिनहुँ चेकजाँचका लागि आउने गरेको र इमर्जेन्सी वार्डमा दैनिक १० देखि १५ जनासम्म आउने गरेको लामाले बताए ।

विशेष गरेर बालबालिका र वृद्धवृद्धाहरू बिरामी भएर आउने क्रम बढेको लामाले बताए । उनले दिनहुँ जसो दुई/तीन जना गम्भीर प्रकारका बिरामीको रिफर गर्नु परेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर