कोरोना कहरका बिच चितवनमा गैंडाको बिगबिगि बढ्दो — OSNepal

कोरोना कहरका बिच चितवनमा गैंडाको बिगबिगि बढ्दो

LC (KTM) May 29, 2021 0

काठमाडौ । गैंडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका– १ का ५५ वर्षीया तेजकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार स्थानीय चतुर्मुखी सामुदायिक वनमा घास तथा न्यूरो खोज्न जाने क्रममा उनीलाई गैंडाले आज दिउँसो आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट घाइते सुनारको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर