देउवाले पार्टीलाई थिति र विधिमा चलाउन के गर्लान् ? देउवाको विपक्षमा उभिएका गगन थापा यसो भन्छन् — OSNepal

देउवाले पार्टीलाई थिति र विधिमा चलाउन के गर्लान् ? देउवाको विपक्षमा उभिएका गगन थापा यसो भन्छन्

LC (KTM) December 15, 2021 0

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

‘आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ,’ थापाले लेखेका छन् ।

युवा नेता थापा कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । उनी डा।शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर