परमादेशबाट प्रधानमन्त्री बनाउन समर्थन गरेका नेपालले दिए देउवालाई शुभकामना — OSNepal

परमादेशबाट प्रधानमन्त्री बनाउन समर्थन गरेका नेपालले दिए देउवालाई शुभकामना

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दोस्रो पटक सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

गठवन्धन दलको समर्थनमा परमादेशबाट प्रधानमन्त्री भएका देउवालाई नेपालले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन् ।

अध्यक्ष नेपालको समर्थनमा प्रधानमन्त्री बनेका देउवा प्रकाशमान सिंह र विमलेन्द्र निधिको सहयोगले दोस्रो पटक सभापति भएका हुन् । उनले नेता शेखर कोइरालालाई पराजित गरेका हुन् ।

नेपालले भनेका छन् , ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननयि प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर