नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्चको संकटबाट पार लगाउन एकताबद्ध र सुदृढ नेपाली कांग्रेसको आश्यकता छ — OSNepal

नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्चको संकटबाट पार लगाउन एकताबद्ध र सुदृढ नेपाली कांग्रेसको आश्यकता छ

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । नेता पौडेलले बुधबार एब विज्ञप्ती नै जारी गरी देउवालाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

जारी विज्ञप्तीमा पौडेलले भनेका छन् , नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।

‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । ‘

विज्ञप्तीमा उनले अघि लेखेका छन् , ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् । जय नेपाल !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर