कपाल झरेर टाउको तालु भएको छ ? यी खाना खाँदै नखानुहोस् — OSNepal

कपाल झरेर टाउको तालु भएको छ ? यी खाना खाँदै नखानुहोस्

LC (KTM) December 15, 2021 0

काठमाडौं । विभिन्न कारणले कपाल समयपूर्व नै झर्ने सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ ।

१. पेस्ट्रीज र केक- यसमा हुने मैदा र चिनीले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ । २. तारेका खानेकुरा- यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।
३. रिफाइन्ड फूड -सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।
४. आलू यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

५. पिज्जा- यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ । ६. फ्रेन्च फ्राइ यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन । ७. मिठाई- यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर