सभापतिलाई हाम्रो सम्पूर्ण सहयोग रहन्छ, तर उहाँ पनि गुटको होइन, कांग्रेसको सभापति हुन सक्नुपर्छ : गगन थापा — OSNepal

सभापतिलाई हाम्रो सम्पूर्ण सहयोग रहन्छ, तर उहाँ पनि गुटको होइन, कांग्रेसको सभापति हुन सक्नुपर्छ : गगन थापा

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार दिएका नेता गगन थापाले पार्टीलाई थप मजबुत, फराकिलो बनाउन सभापतिलाई साथ दिने र चुक्न खोज्दा संघर्ष गर्ने बताएका छन् ।

शेखर कोइराला समुहले आयोजना गरेको एक कार्यक्रममा सभागी भएका नेता थापाले नेतत्व परिर्वतन गर्ने आफ्नो समुहले चाहेकोले दुवै चोटी आफुले शेरबहादुर देउवालाई भोट नहाले पनि अब देउवा हामी सबैको सभापति भएको बताएका छन् ।

‘सभापतिलाई हाम्रो सम्पूर्ण सहयोग रहन्छ, तर उहाँ पनि गुटको होइन, कांग्रेसको सभापति हुन सक्नुपर्छ ।’ थापाले भने ।

अबको चार वर्ष क्रियाशील भएर काम गर्न आग्रह गर्दै थापाले भने , ‘हिजो गरेको गल्ती दोहोर्‍याउँदैनौं, भागशान्ति खोज्दैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर