आफुले हारेपनि आफूहरुले लिएको राजनीतिक एजेण्डाले युवा पुस्ताका लागि अवसर खोलेको कोइरालाको दावी — OSNepal

आफुले हारेपनि आफूहरुले लिएको राजनीतिक एजेण्डाले युवा पुस्ताका लागि अवसर खोलेको कोइरालाको दावी

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफुले सभापति पदमा हारेपनि स्वाभाविक रुपमा लिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले आफुहरुको विचारको जित भएको भन्दै अब नयाँ यात्रा सुरु गर्ने बताएका छन् ।

जसरी साढे ५ वर्ष पार्टी बेथितीको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने आफुहरु सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । कार्यक्रम मार्फत सभापति शेरबहादुर देउवालाई शुभकामना समेत दिएका कोइरालाले कसले के गर्‍यो ?किन गर्‍यो भन्ने कुण्ठा नभएको समेत बताएका छन् ।

‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागि लागिसकेको छु । निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछु । मेरो टीमका साथीहरु पनि पक्कै तपाईंहरुको घरदैलामा पुग्छौं र आगामी अधिवेशनमा सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले भने ।

आफूहरुले लिएको राजनीतिक एजेण्डा स्थापित भएको र युवा पुस्ताका लागि अवसर खोलेको कोइरालाको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर