कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि — OSNepal

कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

LC (KTM) December 15, 2021 0

काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।

उपसभापतिको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति ढीलामा १ बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर