२४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित मोरङमा — OSNepal

२४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित मोरङमा

LC (KTM) December 15, 2021 0

विराटनगर, २९ मङ्सिर -पछिल्लो २४ घण्टामा प्रदेश नं १ को जिल्ला मोरङमा १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, झापामा दुई, धनकुटा, तेह्रथुम र प्रदेश बाहिर एक/एक जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित ३८५ जनाको पिसीआर परीक्षण गर्दा २७ र १५१ जनाको ऐन्टिजेन परीक्षण गर्दा दुई जना गरी कूल २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा आजै १२ महिलासहित २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर