बसपार्कबाट खुकुरीसहित यि तीन जना समातिए — OSNepal

बसपार्कबाट खुकुरीसहित यि तीन जना समातिए

LC (KTM) December 15, 2021 0

दाङ- दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

उहाँका अनुसार पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९ वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् । तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनका लागि आक्रमण गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर