१४ सय मत गन्दा गुरुङले पाए ५८८ मत , खड्का दोस्रो — OSNepal

१४ सय मत गन्दा गुरुङले पाए ५८८ मत , खड्का दोस्रो

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा भएको निर्वाचनमा १४ सय मत गन्दा धनराज गुरुङ्गले अग्रता लिएका छन् ।

गुरुङलाई पच्छाउँदै पूर्णबहादुर खड्काले ५४४ मत ल्याएका छन् । गुरुङले
५८८ मत ल्याएका छन् । त्यसैगरी, उपसभापतिका उम्मेद्धवार डा चन्द्र भण्डारीले ५०१ र विजयकुमार गच्छदारले ५०० मत ल्याएका छन् ।

कांग्रेसको १४ महाधिवेशनमा उपसभापति पदको लागि शेरबहादुर देउवाको समुहबाट पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार रहेका छन् । त्यसैगरी शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।

साथै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । यता महेश आचार्य भने स्वतन्त्र उम्मेदवारको रुपमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर