उपसभापति पदमा गुरुङले लिए अग्रता, खड्कालाई उछिने भण्डारीले — OSNepal

उपसभापति पदमा गुरुङले लिए अग्रता, खड्कालाई उछिने भण्डारीले

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा भएको निर्वाचनमा सत्र सय मत् गन्दा धनराज गुरुङले ७४५ मत पाउका छन् ।

यस अघि गुरुङलाई पच्छाउँदै गरेका पूर्णबहादुर खड्काले ५८० मत ल्याउन्दै तेस्रो भएका छन् । दोस्रोमा डा.चन्द्र भण्डारी परेका छन् ।

उनले यति बेलासम्म ६७२ मत पाइसकेका छन् । त्यसैगरी , विजयकुमार गच्छदारले भने ५७० मत ल्याएका छन् ।

कांग्रेसको १४ महाधिवेशनमा उपसभापति पदको लागि शेरबहादुर देउवाको समुहबाट पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार रहेका छन् । त्यसैगरी शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।

साथै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । यता महेश आचार्य भने स्वतन्त्र उम्मेदवारको रुपमा उत्रिएका छन् । उठेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर