शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न देखि यस्ता अन्य रोगका लागी अचुक औषधी हो आँप, हेर्नुहोस् यस्ता छन् अन्य फाइदाहरु — OSNepal

शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न देखि यस्ता अन्य रोगका लागी अचुक औषधी हो आँप, हेर्नुहोस् यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) December 16, 2021 0

काठमाडौँ – आँप स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उत्तिकै फाइदा जनक मानिन्छ । यसको सेवन गर्दा विभिन्न किसिमका फाइदा हुन्छन् । आँप फलफुलको राजा हो । यसको सेवन जुन बेला पनि गर्न सकिन्छ । आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ ।

आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ ।आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।यसको सेवनले ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर