उपसभापतिमा पराजित भएपछि नेत्रृ कोइरालाले गरिन् यस्तो अपिल — OSNepal

उपसभापतिमा पराजित भएपछि नेत्रृ कोइरालाले गरिन् यस्तो अपिल

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसकाी नेत्रृ सुजाता कोइरालाले पार्टीको १४ औंं माधिवेशनमा उपसभापतिमा पराजित भएपनि आफुले विजयी महसुुश गरेको बताएकाी छन् ।

बुधबार राति अबेर सम्म भएको मतगणनामा कोइरालाले जम्मा ६४४ मत ल्याएकी थिइन् । उपसभापति पदमा पराजित भएपछि सामाजिक सञ्जालमा उनले आफुले विजय प्राप्त गरेको बताएकी हुन् ।

पाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको चुनावमा उपसभापति पदमा हारे पनि आफूले विजयी महसुश गरेको बताएकी छन् ।

नेत्रृ कोइरालाले लेखेकी छन् , ‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु’ ।

मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरूमा जुन हौसला देखेँ त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ’, उनले भनेकी छन्, ‘यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।’

गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताएकी उनले महाधिवेशनपछि पार्टीमा सबैलाई एकढिक्का हुन अपिल समेत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर