ओलीले दिएको अभिव्यक्ति माथि खण्डन गर्दै प्रचण्डले भने, पाँच बुँदे सहमति प्रमाणित गर्न नसके जनतासँग माफी माग्नुपर्छ — OSNepal

ओलीले दिएको अभिव्यक्ति माथि खण्डन गर्दै प्रचण्डले भने, पाँच बुँदे सहमति प्रमाणित गर्न नसके जनतासँग माफी माग्नुपर्छ

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुर्व राजा ज्ञानेन्द्रसँग भएको पाँच बुँदे सहमतिको विषयमा स्पष्ट पार्न चुनौती दिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका बताएका प्रचण्डले आज बिहिबार एक विज्ञप्ती नै निकालेर ओलीलाई चुनौती दिएका हुन् ।

विज्ञप्तीमा ओलीले भनेका छन् , म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै प्रचण्डले विज्ञप्ती मार्फत दलाल पूँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन शेयर होल्डर जनसमुदायसँग अनुरोध समेत गरेका छन् ।

विज्ञप्तिमा प्रचण्डले भनेका छन्;
दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के।पी। शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म के। पी। ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।

साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर