ओली जस्तो दलाल पूँजीपति वर्गको एजेन्टहरूको झुटो प्रचारबाट भ्रमित नहुन शेयर होल्डरसँग प्रचण्डको आग्रह — OSNepal

ओली जस्तो दलाल पूँजीपति वर्गको एजेन्टहरूको झुटो प्रचारबाट भ्रमित नहुन शेयर होल्डरसँग प्रचण्डको आग्रह

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेको आरोप लगाएका छन् ।

सेयर कारोबारीले चन्दा नदिएको रिस पोखेको भन्दै दिएको अभिव्यक्तिको खण्डन गर्दै अध्यक्ष प्रचण्डले ओली पुँजीपति वर्गको एजेन्ट भएको आरोप समेत लगाएका छन् ।

बिहिबार एक विज्ञप्ती नै निकालेर प्रचण्डले भनेका छन् , ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर