यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय विकासको घटनास्थलमै मृत्यु — OSNepal

यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय विकासको घटनास्थलमै मृत्यु

LC (KTM) December 16, 2021 0

काठमाडौँ, १ पुस -पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा आज साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ४९ प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक बाँकेको कोहलपुर नगरपालिका १२ निवासी सिताराम पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर