नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा ट्राभल्स संचालक पक्राउ — OSNepal

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा ट्राभल्स संचालक पक्राउ

LC (KTM) December 16, 2021 0

झापा १ पौष । नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङ रहेका छन् ।

उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनला मंगलबार बेलुका पक्राउ गरेको हो । उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरी इडिट गरेर नाम खाली राखी पिसिआर नेगेटिभ भएको रिपोर्टहरू सेभ गरि राखेको, नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको छापहरूलाई डिजिटल स्क्यान गरेको तथा विभिन्न सरकारी कर्मचारी, डाक्टर र व्यक्तिहरूको दस्तखतलाई डिजिटल स्क्यान गरी इडिट गरेर सेभ गरी राखेको फेला परेको छ ।

थप अनुसन्धानको क्रममा बरामद हुन आएको मेची अञ्चल अस्पतालको १ थान पिसिआर रिपोर्ट उक्त अस्पतालबाट तयार नभई किर्ते गरेको खुल्न आएको छ ।

उनी उपर झापा जिल्ला अदालतबाट लिखत सम्वन्धी कसूरको अनुसन्धानको लागि ७ दिन म्यादथप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर