एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ : भीम रावल — OSNepal

एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ : भीम रावल

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुने बताएका छन् । नेता रावलले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्, सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउनेबारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारवाई गर्नुपर्छ।’

उनले लेखेका छन्–’एमसीसी सम्झौता यथावत् अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र जनताप्रति गद्धारी हुनेछ ।सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउनेबारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारवाई गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर