एमालेले जारी गर्यो अन्तर पार्टी निर्देशन : बादलले पाए कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा, अरु कसले के पाए ? — OSNepal

एमालेले जारी गर्यो अन्तर पार्टी निर्देशन : बादलले पाए कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा, अरु कसले के पाए ?

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेकपा एमालेले आफ्नो अन्तर पार्टी निर्देशन अपानि जारी गरेको छ । केहि समय अगाडी मात्र सम्पन्न भएको १० औं माधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गरेको हो ।

अपानी जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी समेत बाँडफाँट गरेको छ । साथै विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली , वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् । पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला ,विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन,उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।

साथै उपमहासचिवहरू पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा,प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग र विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर